६ कार्तिक २०८१, मंगलबार | October 22, 2024

भारतीय विमानमा बम हल्लाको असर नेपालसम्म


October 22, 2024
332
Shares

काठमाडौं, ६ कात्तिक । भारतका विमानहरुमा बमको हल्लाको असर नेपालसम्म परेको छ । भारतीय विमानहरुमा दैनिकजसो बमको हल्ला मच्चिदा विमानहरु डाइभर्ट गर्ने देखि सर्चहरु गरिने क्रम चलिरहेको छ ।

मंगलबार पनि ५० वटा विमानमा बमको हल्ला मच्चिएको छ । काठमाडौंका लागि उडेको भिस्तारा एयरको विमानमा बम रहेको दिल्लीबाट फोनमार्फत् आएपछि नेपाली सेनाले सर्च गरेको छ ।

यात्रु र सामानमा समेत सर्च गर्दा पनि केही नभेटिएको सेनाले जनाएको छ । तर, बमको हल्लाले भारतका विमान सेवामा निकै असर परिरहेको छ ।

बमको हल्ला मच्चाउने समूहलाई भारतीय सुरक्षाकर्मीले अझै पक्राउ गर्न सकेको छैन ।

प्रतिक्रिया