४ कार्तिक २०८१, आइतबार | October 21, 2024

मीनबहादुरको दानले एमालेमा भाँडभैलो


October 20, 2024
913
Shares

काठमाडौं, ४ कात्तिक । पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङ्गले जग्गा दिएपछि नेकपा एमालेभित्र भाँडभैलो मच्चिएको छ । एमालेका पूर्वउपाध्यक्ष भीम रावलसहित नेताहरु वृन्दा पाण्डे र उषाकिरण तिमिल्सिनाले यसको आलोचना गरेका छन् । उनीहरुविरुद्ध कारबाहीको तयारी भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली मीनबहादुरको जग्गादान प्रकरणले आलोचित भएका छन् । तर, एमालेको सिंगो शक्ति यसका पक्षमा उभिने निर्णयमा पुगेको छ । उसले कार्यकर्तालाई यसको आलोचनाको प्रतिकार गर्न भनेको छ ।

एमालेभित्र र बाहिर मीनबहादुरले किन त्यत्रो जग्गा दान गरे भन्ने चासो बनेको छ । जबकि मीनबहादुर ललितानिवास जग्गा प्रकरणमा अभियुक्त भई पक्राऊ परेका थिए । ओली प्रधानमन्त्री हुँदा ललिता निवासको जग्गा प्रकरणको अनुसन्धान गर्न लगाएका थिए । तर, ओलीले नै मीनबहादुरसँग साँठगाँठ गरेर जग्गा पार्टी कार्यालयका लागि लिएपछि तरंग आएको छ ।

प्रतिक्रिया