४ कार्तिक २०८१, आइतबार | October 20, 2024

तोसिमाको सेल्फी भाइरल


October 20, 2024
664
Shares

काठमाडौं, ४ कात्तिक । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कास्की प्रहरीको नियन्त्रणमा छन् । उनलाई म्याद थपका लागि अदालत पनि लगिएको छ । रविप्रति समर्थन जनाउन र प्रदर्शनकारीको शक्ति देखाउन कार्यकर्ता पनि पोखरा पुगेका छन् ।

रवि समस्यामा छन् तर केही रास्वपा नेतालाई भने सेल्फी खिच्ने र मुस्कान छर्ने जोस चलेको छ । यस्तै गरेकी छिन् ललितपुरबाट घण्टी चिन्हबाट जितेकी डा. तोसिमा कार्कीले । उनको सेल्फी यतिबेला भाइरल छ ।

तेसिमाले सेल्फीमा मुस्कान छर्दै प्रदर्शनकारीको भीड देखाएकी छिन् । उनको सेल्फीले भने फरक सन्देश दिइरहेको छ ।

प्रतिक्रिया