७ भाद्र २०८२, शनिबार | August 23, 2025

हिन्दू सरोकार विरुद्ध पशुपति क्षेत्र विकास कोषबाट बेथिती भएको भन्दै ध्यानाकर्षण


October 20, 2024
1.3k
Shares

काठमाडौं, ४ कात्तिक । हिन्दू सरकोकारविरुद्ध पशुपति क्षेत्र विकास कोषबाट बेथिती भएको भन्दै हिन्दू राष्ट्र स्वभिमान जागरण अभियानले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई ध्यानाकर्षण गराएको छ । आइतबार मन्त्री पाण्डेलाई भेटी अभियानकर्ताहरुले ध्यानाकर्षण गराएका हुन् ।

अभियानले पशुपति क्षेत्र विकास कोष सम्बन्धी विवादास्पद बेथितीहरुबारे समेत जानकारी गराएको छ । जसमा कोषको मातहतमा रहेको त्रिशुल र डमरु अंकित जग्गालाई मदर टेरेसा ट्रस्ट अनतर्गत पर्ने मिशनरी अफ च्यारिटी चर्च, ज्ञानेश्वर चर्च सञ्चालन गर्न दिएको, कालोपुलको ज्ञानेश्वर चर्चलाई स्थानीय हिन्दू समाजबाट सञ्चालन रोक लगाएकोमा पछि तत्कालीन संस्कृतिमन्त्री सुदन किराँतीबाट फेरि सञ्चालन गर्न दिएको उल्लेख छ ।

सर्वोच्च अदालतबाट निषेध भएपनि पाशुपत क्षेत्रभित्र रहेको मृगस्थलीमा इशाईहरुलाई चिहान बनाउन दिएको, पशुपतिनाथ परिसरभित्र क्रिश्चियन धर्मालम्बीहरुलाई कर्मचारी नियुक्त गरेर मन्दिरको पवित्रता संकटग्रस्त बनाएको लगायत छन् ।

प्रतिक्रिया