४ कार्तिक २०८१, आइतबार | October 20, 2024

चिनियाँ टोलीले क कस्लाई भेट्यो


October 20, 2024
332
Shares

काठमाडौं, ४ कात्तिक । नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टीका केन्दैय सदस्य काङ्गले उच्च राजनीतिक भेटघाट गरेका छन् । उनले आइतबार विहान बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

काङ्गले शनिबार साँझ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग खुमलटारमा भेटेका थिए । प्रचण्डले भेटका क्रममा आफ्नो पछाडि चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक नेता माओत्से तुङको पूर्ण कदको डल राखेका थिए । भेटमा नारायणकाजी श्रेष्ठ, पम्फा भुषाल, शक्ति बस्नेत पनि थिए ।

काङ्गको टोलीलाई एमाले महासचिव शंकर पोखरेलले शनिबार साँझ रात्रीभोज सहित स्वागत गरेका थिए ।

बुढानिलकण्ठमा काँग्रेस सभापति शेरबहादुर देउवालाई पनि भेटेका थिए । उनले नेपालका वामपन्थीका विशेष व्यक्तिहरुसँग पनि भेट गरेको बुझिएको छ । चीन नेपालमा वामपन्थी एकतामा जोड दिने गर्छ ।

प्रतिक्रिया