२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

रविलाई पक्राउबाट जोगाउन कहिले ओली कहिले प्रचण्ड सक्रिय


October 18, 2024
1.1k
Shares

काठमाडौं, २ कात्तिक । रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाउन मुख्य भूमिका खेलेका थिए नेकपा एमालेका केपी शर्मा ओलीले । आमनिर्वाचन सकिएपछि रविको दल रास्वपा चौंथो ठूलो बनेपछि ओलीकै अडानमा गृहको जिम्मेवारीसहित उपप्रधानमन्त्री बने ।

रवि लामिछाने विभिन्न विवादमा मुछिए । कहिले दोहोरो पासपोर्ट काण्ड त कहिले सहकारी ठगी प्रकरण । त्यसको बचाऊमा पनि उतिबेला ओली लागे ।

जब काँग्रेसको समर्थनमा ओली प्रधानमन्त्री भए तब सहकारी ठगी प्रकरणले प्राथमिकता पायो । संसदीय छानविन समिति नै बनाएर रविलाई दोषी देखाइयो । उनलाई अब पक्राउ गर्ने तयारी चलेको छ ।
रविलाई पक्राउ गर्ने तयारी चलेपछि प्रचण्डले त्यसको प्रतिकार गर्ने चेतावनी दिएका छन् । विपक्षी दलको बैठक डाकेर रविको बचाऊ गरेपछि तरंग आएको छ ।

रविलाई आफ्नो स्वार्थमा कहिले ओली त कहिले प्रचण्डले प्रयोग गर्ने, प्रहार गर्ने र संरक्षण गर्ने गरिरहेका छन् ।-File Photo

प्रतिक्रिया