२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

ओली र मिनबहादुरबीचको जग्गा दानविरुद्ध वकिलहरु अदालत पुगे


October 17, 2024
9k
Shares

काठमाडौं, १ कात्तिक । ‘सत्य र न्यायाको खोजि’ को अभियानको तर्फ बाट अधिबक्ता डा. ज्ञान बस्नेत, अधिबक्ता श्यामकृष्न मास्के र अधिबक्ता अर्जुन थापा समेत प्रधानमन्त्री केपी शर्मा ओली र भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङविरुद्ध अदालत पुगेका छन् । उनीहरुले एमालेका पार्टी कार्यालयको लागि गुरुङ दम्पत्तिले अरबौंको जमिन दान गरेको र असोज २५ गते प्रधानमन्त्री ओलीले एमालेको केन्द्रीय कार्यालय शिलान्यास समेत गरी सकेको कार्यलाई गम्भिर भ्रष्ट्रचारजन्य अपराध, राज्यसत्ताको भयानक दुरुपयोग र नैतिक र कानुनी अपचलन भन्दै अदालतमा बिहिबार रिट दर्ता गरेका हुन् ।

रिटमा जग्गा लेनदेन ९दान० कार्यान्वयन गर्न /नगराउँन अन्तरिम आदेशको माग गरिएको छ ।

ओली र मिनबहादुर गुरुङ बिच भएकोो जग्गा लेनदेनबिरुद्दमा भ्रष्ट्रचार सम्बन्धी ऐन अनुसार गम्भिर अनुसन्धान गरी हदै सम्मको कारबाही र सम्पती सुद्दिकरण सम्बन्धी ऐन अनुसार सम्पती सुद्दिकरणको अनुसन्धान गरी कारबाही गर्नु पर्ने, राजनितिकको नाममा उठाईने/लिईने चन्दा सम्बन्धी व्यापक नियमन गर्नु गराउँनु भन्ने आदेस सहित राजनितिको नाममा लिईने/दिईने चन्दा, भेटी र दान (जिन्सि, नगद्, थोक) लाई पारदर्शी बनाउँन्, यसको एउटा सिमा तोक्न बिपक्षहरुको नाममा परमादेश समेत जारी गर्न, मुख्य गरी अहिले प्रधानमन्त्री केपी ओलि र ब्याबसायी मिन बहादुर गुरुङ बिच भएको जग्गा लेनदेन (दान) कार्यान्वयन गर्न/नगराउँन अन्तरिम आदेस जारी गरी पाउँ भनि रिट निबेदनमा माग गरिएको छ ।

प्रतिक्रिया