२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

बार अध्यक्ष घिमिरेविरुद्धको अवहेलना मुद्दामा के होला ?


October 17, 2024
332
Shares

काठमाडौं, १ कात्तिक । नेपाल बार एशोशिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अदालतको अवहेलना मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । सर्वोच्चका उपरजिस्ट्रार गोविन्द घिमिरेको प्रतिवेदनका आधारमा दायर मुद्दा न्यायाधीशहरु कुमार रेग्मी र कुमार चुँडालको इजलाशमा तोकिएको छ ।

गोविन्द घिमिरेले विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीशबाट अवकाश पाएकै राति सामाजिक सञ्जालमार्फत् मुद्दा फिर्ता लिने घोषणा गरेका थिए । तर, उक्त मुद्दाको सुनुवाईका लागि पेशी तोकिएको छ ।
प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश छन् । श्रेष्ठ प्रधानन्यायाधीश हुँदा सर्वोच्चको नेतृत्व र न्याय परिषद्का सदस्यहरुले न्यायाधीश बनाउन आर्थिक लेनदेन गरेको अभिव्यक्ति दिएपछि घिमिरेमाथि मुद्दा दायर भएको हो ।

बारले न्यायाधीश नियुक्ति हुँदै गर्दा आन्दोलन गरेपनि नृपध्वज निरौला र नित्यानन्द पाण्डे न्यायाधीश सिफारिश भए । उनीहरु एमाले र काँग्रेसको कोटामा आर्थिक लेनदेनसहित नियुक्त भएको चर्चा चल्यो । नेपाली पेनले यसबारे सनसनीपूर्ण खबर पनि प्रकाशित गरेको थियो ।

प्रतिक्रिया