डडेलधुरा बस र्दुघटनापछि मध्यरातमा उद्धारमा सेना (तस्बिरसहित)

काठमाडौं, ३० असोज । डडेलधुरामा मध्यराति भएको बस दुर्घटनापछि नेपाली सेनाको टोली खटिएर घाइतेको उद्धार गर्यो । सेनाको टोलीले मृतकको शवलाई निकालेको थियो ।
कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीका लागि छुटेको पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस मध्यराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा दुर्घटना भएको थियो ।