१८ पुस २०८२, शुक्रबार | January 3, 2026

८२ वर्षअघि मारवाडी समुदायले निर्माण गरेका थिए गौशाला धर्मशाला


October 16, 2024
3.3k
Shares

काठमाडौं, ३० असोज । गौशाला धर्मशाला ८२ वर्षअघि मारवाडी समुदायले निर्माण गरेका थिए । यसको चर्चा गोरखापत्रमा १९९९ को वैशाख २६ गतेको अंकमा उल्लेख छ ।

गोरखापत्रमा उल्लेख भए अनुसार वैशाख २२ गते का दिन वनकालीमा एउटा महान् गौशालाको उद्‌घाटन भयो । समाचारमा उल्लेख छ, गोशालाको नाम रह्यो पशुपति गौशाला । त्यसपछि त्यो मानपत्रलाई चाँदीको एउटा डब्बामा राखी श्री ३ महाराजका बाहुलीमा साहुमहाजनहरुले चढ़ाए ।

श्री ३ महाराज जुद्ध शम्शेर बाट गौशाला लाई उद्घाटन गर्दै एउटा भाषण बक्सियो।।।।।महा( गोरक्षाको महिमा यस्तो छ भनी बताइरहने पर्दैन, समस्त हिन्दुजाति ले यसको महत्व जन्मेदेखि जानी बुझी आएका छन् ठूलो पुण्यभूमि नेपालको मुटु जस्तो, उसमा पनि श्रीपशुपतिनाथको सनिधान परेको यस ठाउँमा रहेको यो गोशालाको काम चलाउने अविभारा तिमीहरुले लिएका छौ ।

तत्कालीन श्री ३ बाट आफ्नो भाषण मा गोरक्षा को महत्व समस्त हिन्दुले जन्म देखि बुझ्छ बताउदै पशुपति गौशाला धर्मशाला को निर्माण र सञ्चालन तत्कालीन साहुमहाजन अर्थात माड़वाड़ी समाजबाट भएको चर्चा गरेको प्रष्ट देखिन्छ ।

प्रतिक्रिया