३० आश्विन २०८१, बुधबार | October 16, 2024

भारतको महाराष्ट्रमा चुनावको नजिक प्रभावशाली नेताको हत्या


October 13, 2024
996
Shares

एजेन्सी, २७ असोज । भारतको महाराष्ट्र राज्यमा विधानसभाको चुनाव नजिकिदैछ । यही बखत त्यहाँका एकजना प्रभावशाली नेताको गोली हानी हत्या भएको छ ।

महाराष्ट्रका प्रभावशाली नेता अजित पावर नेतृत्वको एनसीपीका नेता बाबा सिद्धिकीको गोली हानी हत्या भएको हो । ६६ वर्षीय सिद्धिकी विगतमा कँग्रेस आईमा थिए । उनी सांसद र मन्त्री समेत बनिसकेका प्रभावशाली नेता थिए । तीनजनाको समूहमा आएकाले २६ असोजमा उनको हत्या गरे ।

सिद्धिकीले अजित पावर नेतृत्वको एनसीपीमा लोकसभा चुनाव अघि प्रवेश गरेपछि उक्त दल बलियो अवस्थामा पुगेको थियो ।

सिद्धिकीका छोरा जिसन सिद्धिकी कँग्रेस आईका सांसद हुन् । उनले मुम्बईबाट चुनाव जितेका थिए ।

कँग्रेस आई छाडेर यसै वर्ष एनसीपी प्रवेश गरेर सिद्धिकीले आश्चर्यचकित पारेका थिए । उनी कँग्रेस आईमा दशकौं काम गरेका थिए । युथ कँग्रेसको मुम्बई प्रमुख समेत बनेका थिए ।

प्रतिक्रिया