१८ वर्षीय निमा शेर्पाले राखे विश्व किर्तिमान

काठमाडौं, २४ असोज । नेपालका १८ वर्षीय निमा रिञ्जी शेर्पाले ८ हजार मिटर अग्ला १४ हिमालको सफल आरोहरण गरी विश्वकिर्तिमान बनाएका छन् । निमाले बुधबार तिब्बतको माउन्ट सिसापांग्माको सफल आरोहरण गरेर विश्वका ८ हजार मिटर अग्ला हिमाल आरोहरण गर्ने कान्छा आरोही बनेका हुन् ।
निमाले १६ वषमै सगरमाथा र लोत्सेको १० घन्टाभित्र आरोहण गरेर किर्तिमान बनाइसकेका छन् ।
सन् २०२२ सेम्टेम्बरबाट निमाले हिमाल आरोहरण सुरु गरेका थिए ।