३० आश्विन २०८१, बुधबार | October 16, 2024

पशुपति विकास कोषको कार्यालय अगाडिपट्टिको यो शौचालय


October 9, 2024
498
Shares

काठमाडौं, २३ असोज । यो शौचालय पशुपति विकास कोष मातहतको भण्डारखालमा रहेको छ । कोषको कार्यालयको ठिक अगाडिपट्टिको शौचालय यति फोहोर छ कि यसबाट कोषका पदाधिकारीको गैरजिम्मेवारीपन थाहा हुन्छ ।

कोषका अध्यक्ष डा. मिलन थापा जलहरी काण्डमा अख्तियारले डामेका पात्र हुन् । उनी अदालतबाट सफाई पाएपनि सुनकाण्डमा ठूलै अनुसन्धान गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चासोमा परिरहेका छन् ।

कोषमा पशुपति क्षेत्रको भलाई गर्न भन्दा पनि कमाऊ धन्दा र शक्तिको अभ्यास गर्ने प्रवृत्ति व्याप्त छ । विगतमा बनकालीको धर्मशाला कोषको घीनलाग्दो राजनीतिले समाप्त गरिदियो ।

नेपाल भारत मैत्री धर्मशाला त व्यापारीलाई टेन्डर दिएर होटल चलाउन दिइएको छ । अब गौशाला धर्मशालामा पनि कोषका पदाधिकारीले लाभ हानी हेरेर कदम चालिसकेको छ ।

कोषमा हिन्दू धर्ममाथि प्रहार गर्न योजनावद्ध तरिकाले पदाधिकारी नियुक्तिको शृंखला चलिरहेको छ । यसकारण पनि पशुपति क्षेत्र सफा सुग्घर र व्यवस्थित हुन नदिने गतिविधि भइरहेको छ ।

प्रतिक्रिया