९ मंसिर २०८१, आइतबार | November 25, 2024

नेपाल-भारत मिल्लत परिषद्को बाढी पहिरो पीडितलाई सहयोग वितरण


October 9, 2024
332
Shares

काठमाडौं, २३ असोज । नेपाल-भारत मिल्लत परिषद् केन्द्रले गोदावरी नगरपालिका वडा नम्बर ६ र १० स्थित टिकाभैरवका बाढी पहिरो पीडितलाई बुधबार राहत सामग्री प्रदान गरेको छ। परिषद्का अध्यक्ष समिम मियाँ अन्सारीको नेतृत्वमा पीडित घरपरिवारलाई सहयोग वितरण गरिएको हो।

परिषदले १०० घरपरिवारलाई अत्यावश्यक खाद्यान्न सामग्री, जस्तापाता, ओढ्ने ओछ्याउने लगायतका सामग्री प्रदान गरेको छ। उक्त अवसरमा प्रतिनिधि सभाका सदस्य उदय शम्शेर जबरा, बागमती प्रदेशका खेलकूद मन्त्री मिनकृष्ण महर्जन, गोदावारी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन, स्थानीय जनप्रतिनिधिहरू र समाजका अगुवाहरूको पनि उपस्थिति थियो।

२०८१ साल असोज ११ र १२ गते गएको बाढी पहिरोलगायतका विपदजन्य घटनामा गोदावारी नगरपालिकामा ५ जनाको मृत्यु भएको थियो भने सय भन्दा बढी परिवार विस्थापित भएका छन् ।

प्रतिक्रिया