२० कार्तिक २०८१, मंगलबार | November 5, 2024

दशैंमा पनि बाढीपहिरो प्रभावित क्षेत्रमा खटियो सेना


October 9, 2024
996
Shares

काठमाडौं, २३ असोज । नेपाली सेनाका हजारौं जनशक्ति यतिबेला बाढीपहिरो प्रभावित क्षेत्रमा खटिएको छ । बाढीपहिरो प्रभावितलाई राहत पुर्याउन र अवरुद्ध राजमार्ग खुलाउन सेना खटिएको छ ।

सेनाको जनशक्तिले दशैं अगाडि खुल्दैन भनिएको वीपी राजमार्ग खुलाएको छ । अन्य राजमार्ग सहज रुपमा यातायात सञ्चालनका लागि योग्य बनाउन पनि सेनाको जनशक्ति खटिएको छ ।

आश्विन १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षा र तत्पश्चातको बाढी तथा पहिरोका कारण प्रभावित काभ्रेपलाञ्चोक जिल्ला को विभिन्न स्थानहरुमा २३ असोजमा पनि नेपाली सेनाको हवाइ साधनद्वारा उद्धार तथा राहत सामग्री ढुवानी गरिएको छ ।

सेनाले खानीखोलाबाट २ जनाको हवाई उद्धार तथा २८७७ केजी राहत सामग्री ढुवानी गरेको जनाएको छ ।

रोशी गाउँपालिकाको रोशीखोलामा २७९५ केजी र सोही पालिकाको अर्को स्थानमा २७९२ केजी राहत सामग्री ढुवानी गरेको छ ।

प्रतिक्रिया