२१ फाल्गुन २०८१, बुधबार | March 5, 2025

सेनाले यसरी खुलायो कान्तिलोकपथ मार्ग (तस्बिरसहित)


October 8, 2024
4.4k
Shares

काठमाडौं, २२ असोज । नेपाली सेनाले असोजको दोस्रो साताको अविरल वर्षापछि अवरुद्ध कान्तिलोकपथमार्ग खुलाएको छ । सेनाको प्राविधिकले अहोरात्र खटिएर मार्ग खुलाएका हुन् ।

असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षा पश्चातको बाढी तथा पहिरोका कारण कान्तिलोकपथमार्गको विभिन्न खण्डमा बाटो अवरुद्ध थियो ।

मकवानपुर जिल्ला, भीमफेदी गाउँपालिका(८ महादेवटार र ललितपुर जिल्ला, वाग्मती गाउँपालिका(२ वगुवास्थित वाग्मती खोलामा रहेको पुलको केही भाग बगाए पश्चात् अवरुद्ध भएको कान्तिलोकपथ मार्गमा आश्विन २१ गते राती साँढे १० बजेबाट सवारी आवागमन सुचारु भएको छ ।

मार्ग खुलाउन सेनाले २ स्थानमा करिव ८०० मिटरको बाँध निर्माण गरी बागमती नदी डाइभर्सन तथा क्यानलाइज गरेको थियो । ३२० मिटर लम्बाइको नयाँ ट्रयाक निर्माण गरेको थियो।

बागमती नदीमा करिव ४० मिटर लम्बाइको रयाम्प निर्माण गरी पुलसम्म सडक जोडेको थिया।

ग्याबिन बक्स तथा बागमती नदीमा हिम पाइप राखि अस्थायी सडक बनाएको थियो।

कान्तिलोकपथको अन्य विभिन्न खण्डमा पहिरो पञ्छाउने कार्य गरेको थियो।

प्रतिक्रिया