बाढी पहिरो कहर : १९२ को मृत्यु,३० जना बेपत्ता

काठमाडौ,१४ असोज । केही दिन यताको लगातार बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छ । ३० जना बेपत्ता भएका छन् ।
प्राकृतिक विपद्मा १ सय ९४ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।
बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब ४ हजार ५ सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उनले बताए।
बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ। सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ।