यसरी बनाइयो यीनलाई न्यायाधीश, अचानक ४ नाममा ब्रेक किन
काठमाडौं, ११ असोज । सर्वोच्च अदालतमा एकपछि अर्को विवादास्पद पात्रहरू धमाधम न्यायाधीश बनिरहेका छन् । प्रधानन्यायाधीश र परिषद पदाधिकारीहरूले न्यायाधीश पदलाई दलाली, मोलमोलाइ, खरिद बिक्री र लिलाम बढाबढको रद्दी बिकाउ माल बनाएको खुलिरहेको छ । न्यायाधीश नियुक्तिमा नातावाद, कृपावादका अलावा आर्थिक लेनदेन चलेको विषयहरु छताछुल्ल भइरहेका छन् । बार एशोशिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले त न्यायाधीश नियुक्तिमा मोलतोलको विषय नै उठाएका छन् । यहीबीच ११ असोजमा दुई न्यायाधीश नियुक्तिको सिफारिश भएको छ न्याय परिषदबाट । बाँकी ४ न्यायाधीशमा केही नामबारे गम्भीर प्रश्न उठेपछि सिफारिश हुन सकेन । नेपाली पेनले महाभियोग लागेका पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बिचौलिया आशिष अधिकारीलाई न्यायाधीश बनाउन खोजिएको खुलासा गरेको थियो । त्यसका लागि उनलाई वरिष्ठ अधिवक्ता बनाइने सूचीमा राखिएको खुलासा पुष्टि भइसकेको छ ।
त्यसो त पुनरावेदन अदालतमा आफ्ना दुई सहोदर भाइलाई नियुक्त गरी तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायाले नातावाद देखाएका थिए । उनले दलको सिफारिसमा निकम्मा कार्यकर्तालाई भित्र्याउने नजिर बसाले जुन उनका उत्तराधिकारीहरूले अप्नाए । सुरेन्द्र प्रसाद सिंहलाई जन्ममितिको मुद्दा हाली ब्ल्याकमेलिङमा चोलेन्द्र समशेरले न्यायाधीश पद हात पार्न सके । दामोदर प्रसाद शर्माले पुनरावेदन अदालतमा ८० जना नियुक्त गर्दा दलीय भागबन्डा, आफन्त, नेताका नातेदारलाई कोटा छुट्याइ आफ्नै सहोदर भतिजा मनोजकुमार शर्मालाई पनि न्यायाधीश बनाए । तीमध्ये १५ जना त हालका उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशकुमार राजभण्डारीको नेतृत्वमा शपथ ग्रहणकै औपचारिक पोशाकमा नेपाल बन्दको दिन एमाले मुख्यालय बल्खू गई धन्यवाद र आशिर्वाद आदानप्रदान गरेको समाचार फोटोसहित सार्वजनिक भएको थियो । टोली सदस्यमध्ये मनोजकुमार शर्मा अहिले सर्वोच्चमा छन् भने अन्य उच्चमा वरिष्ठ न्यायाधीश छन् ।
न्याय परिषद सदस्य नियुक्त हुँदा काठमाडौँमा डेरा खोजी छिरेका खेमनारायण ढुङ्गाना अहिले बालुवाटारको प्रधानन्यायाधीश निवासको पश्चिमपट्टि अलिसान बङ्गलाका मालिक बनेका छन् भने अर्का सदस्य पदम प्रसाद वैदिक बुढानीलकण्ठको भब्य महलमा रजगज गरेका भेटिन्छन् । कल्याण श्रेष्ठले सुरु गरेको जन्ममिति हिसाब गरी भागबन्डामा प्रधानन्यायाधीशको रोलक्रममा राखी नियुक्ति गर्ने डिजाइनलाई सुशीला कार्कीले निरन्तरता दिइन् । चोलेन्द्रले त्यसलाई झन् रसातलमै पुर्याए । दलको कोटा र आफन्तको भागबन्डामा नपर्ने धनाढ्य र बीचौलियाहरूको लागि न्यायाधीश पद बिक्री र लिलामीमा राखियो । खरिद गर्न सक्षम र धनाढ्य बाहेकले बीचौलिया र लगानीकर्तामार्फत, त्योपनि नभएकाले न्यायाधीश बन्नकै लागि घर घडेरी बिक्री गरेका समाचारहरू सार्वजनिक भए । तत्कालीन प्रधानन्यायाधीशका एकजना अयोग्य नातेदारलाई मुख्य रजिष्ट्रारबाट सिधै मुख्यन्यायाधीश बनाउँदा कबुल गरेको १ करोडमध्ये ५० लाख आफूले अझै नपाएको, पटक-पटक माग्दापनि नदिएको, सर्वोच्चमा आएपछि त झन् धम्क्याएको गुनासो लिई पोखरा तिरका तत्कालीन कानूनमन्त्री अझसम्म सुकेधारा र महाराजगञ्ज धाइरहेका भेटिन्छन् ।
मुद्दाको मोलमोलाइ र सेटिङमा खडा भएको केही बद्नाम वकिलहरूको सिन्डिकेटले न्यायाधीश नियुक्तिमा पनि कोटा पाउने हैसियत बनायो । सिण्डिकेटधारी वकीलको सिफारिस वा फर्मबाट पालैपालो उच्च र सर्वोच्चमा नियुक्ति गरिए । यस्तो बेथितिको कानून व्यवसायी, कर्मचारी र न्यायाधीश वृत्तबाटै नागरिक सर्वत्र विरोध भइरहँदा पनि प्रधानन्यायाधीश र परिषद सदस्यहरू झनझन नाङ्गिदै गइरहेका छन् ।
विश्वम्भरको कार्यकाल धनको राज
विश्वम्भर प्रसाद श्रेष्ठ प्रधानन्यायाधीश बनेपछि त केही हुन्छकि भन्ने झिनो आशा बोकेकालाई पनि उनले लोप्पा ख्वाइदिए । उनको टिमका वरिष्ठतम् न्यायाधीश ईश्वर खतिवडा र कानूनमन्त्री धनराज गुरुङ यतिसम्म गरे कि उनीहरूको स्वदेश र विदेशमा डिल गरे । देशभित्र भद्र देखिने र विदेशमा लेनदेन मिलाउने यो हदको गतिविधि नेपाली पेनले खुलासा गर्यो ।
छोरा अपूर्व र बिचौलिया आशिष अधिकारीले ईश्वरको र पिए प्रेम के।सी। र स्याङ्गजा ठेगाना भएका एकजना निकै ठूला न्यायाधीशले मन्त्रीको बीचौलियाको काम गरेको पोल खुल्यो । नियुक्ति थाँती राखी ईश्वर र धनराज विदेश गए । धनराज गुरुङ त अष्ट्रेलिया र अमेरिका पटक पटक धाए । धनराजका छोरा र बुहारीको खातामा निकै ठूलो रकम जम्मा भएकोमा अष्ट्रेलियामा ट्याक्सको इन्क्वायरीमा परेको समाचार पनि बाहिरियो । धनराजले त केही सहकारी ठग र दुई नम्बरी काम गर्नेहरूसँग पार्टनरसिप गरी सानफ्रान्सिस्कोमा रिसोर्ट र घर खरिद गरेको नेपाली पेनको समाचार अखण्डित रहे । ईश्वर र धनराजमार्फत प्राप्त भागबण्डामा विश्वम्भर रमाए । अहिलेको नयाँ टिम आएपछि भने पत्नी, छोरी ज्वाइँ र पिए मार्फत छुट्टै र प्रकाश राउतमार्फत् संस्थागत उठनीपुठनीमा विश्वम्भर लागे । साली मेरिना श्रेष्ठलाई उच्चमा न्यायाधीश बनाएपनि नाति मनिष श्रेष्ठलाई न्यायाधीश बनाउने विश्वम्भरको सपना सफल हुन पाएन । मेघराज पोखरेलसँगको सेटिङ विफल भयो । मेघराज स्वयंले नेपाली पेनलाई फोन गरी आफू न्यायाधी
