८ कार्तिक २०८१, बिहिबार | October 25, 2024

मासिक खर्बभन्दा बढी रेमिट्यान्स भित्रदा पनि बजारमा छैन खासै चहलपहल


September 26, 2024
415
Shares

काठमाडौं, १० असोज । देशमा मासिक १ खर्ब रुपैयाँ भन्दा बढी रेमिट्यान्स भित्रिइरहेको छ । नेपाल राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको तथ्यांक अनुसार साउनमा मात्र १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो ।

रेमिट्यान्स भित्रँदा विदेशी मुद्रा संचिति बढेर किर्तिमान कायम गरिसकेको छ । यति धेरै रकम स्वदेशमा भित्रँदा पनि बजारमा भने खासै चहलपहल भएको छैन ।

स्थानीय उपभोक्ताको क्रयशक्ति घटेको छ । रोजगारीका अवसरहरु गुमेका छन् । कलेजहरु धमाधम बन्द भइरहेका छन् । उद्दोगहरुको अवस्था पनि संकटग्रस्त छ ।

सहकारीमा मध्यमवर्ग र निम्नवर्ग ठगीमा परेका छन् । उनीहरुको रकम ठगिएकाले क्रयशक्ति देखिएको छैन । यसले पनि बजारमा गतिविधि खासै देखिएको छैन ।

अर्कोतर्फ, स्थानीय निर्माण व्यवसायीले भुक्तानी पाइरहेका छैनन् । दशैं नजिकिंदा पनि भुक्तानी नपाउँदा समस्याहरु देखिएको छ ।

घरजग्गा व्यवसाय पनि अझै उठ्न सकेको छैन । व्यवसायमा आएको मन्दीको असर समग्र आर्थिक क्षेत्रमा परेको छ ।

प्रतिक्रिया