३ आश्विन २०८१, बिहिबार | September 19, 2024

प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिश


September 16, 2024
1.2k
Shares

काठमाडौं, ३१ भाद्र । प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतको नाम सिफारिश भएको छ । संवैधानिक परिषदको बैठकले सोमबार उनको नाम सिफारिश गरेको हो ।

अब उनको संसदीय सुनुवाई पछि नियुक्ति हुनेछ । सर्वोच्चका वरिष्ठतम न्यायाधीश राउतले विश्वम्भरप्रसाद श्रेष्ठ असोजमा सेवानिवृत्त भएपछि राउतले जिम्मेवारी सम्हाल्नेछन् ।

राउतले डेढ वर्ष सर्वोच्च अदालतको नेतृत्व सम्हाल्नेछन् । उनी ३१ मार्च १९६१ मा उदयपुरमा जन्मिएका हुन् । १ अगष्ट २०१६ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए ।

नेपाल ल क्याम्पसबाट कानूनमा स्नातक गरेका राउत लामो समय वकालतमा रहे । विभिन्न संस्थाको कानूनी सल्लाहकार बने । २००६ मा सर्वोच्च अदालत बार एशोशिएसनको अध्इक्ष बनेका थिए ।

प्रतिक्रिया