२ आश्विन २०८१, बुधबार | September 19, 2024

धनराज र ऋषिकेशलाई जोगाउने खेल


September 15, 2024
664
Shares

काठमाडौं, ३० भाद्र । सहकारी ठगी प्रकरणमा लहरो तान्दा पहरो खसेको छ । रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति नै बनाएर बयान लिइएको छ । लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको तथ्यहरु बाहिर आइसकेका छन् ।

सहकारी ठगीमा नेपाली काँग्रेसका उपसभापति समेत रहेका पूर्वमन्त्री धनराज गुरुङ तानिएका छन् । उनी मितेरी सहकारी ठगी प्रकरणमा मुछिएका छन् । पत्नी ज्योति गुरुङलाई सहकारीमा संलग्न गराएका थिए । उक्त सहकारीमा महाप्रबन्धक रहेकी ज्योति करोडौं अपचलनमा संलग्न पाइएपछि अमेरिका पलायन भइन् । त्यसपछि धनराजले ज्योतिसँग नाटकीय पारपाचुके गरे । १४ करोड रकम हिनामिनामा धनराज समेतमाथि उजूरी छ ।

धनराजले नाटकीय रुपमा जोगिन खोजेपछि धेरै तथ्य उदांगिएका छन् । यसले सहकारी ठगीको छानविनले धनराजलाई तान्ला कि नतान्ला ? चासो बनेको छ । छानविनमा उनको नाम हटाएर बढाउन खोजिएपछि प्रश्न उठेको छ ।

एमाले सांसद समेत रहेका सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल पनि सहकारी ठगीमा मुछिएका छने । उनकी पत्नी अन्जना कोइराला त उमागौरी कृषि सहकारी ठगी प्रकरणमा मुछिएकी छिन् । सहकारीबाट कर्जा लिएका ऋषिको कागजपत्र बैंक तथा वित्तिय संस्थामा राखेर ऋण लिएर ११ करोड हिनामिना गरेपछि अन्जना कोइरालासहित सञ्चालक समिति नै कालोसूचीमा परेका छन् । उनीमाथि छानविन रोक्न खोजिएको छ । अन्जनाको नाम हटाएर प्रहरीले फाइल बढाएको बुझिएको छ ।

सहकारी ठगी प्रकरणमा काँग्रेस र एमालेका नेताहरु धमाधम मुछिन थालेपछि यो अनुसन्धान अगाडि बढ्नेमा आशंका बढ्न थालेको छ । आफ्ना नेता तथा कार्यकर्ता जोगाउन एमाले र काँग्रेस नेताहरु सक्रिय भइसकेका छन् ।

प्रतिक्रिया