ओलीसँग रविको हारगुहार

काठमाडौं, २६ भाद्र । उपसभामुख हटाउन सत्तारुढ गठबन्धन सक्रिय भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आत्तिएका छन् । उनी संसदमा रहेका दलका नेताहरुसँग हारगुहार गर्दै हिंडेका छन् ।
लामिछानेले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुख इन्दिरा रानामगरलाई हटाउन नदिन हारगुहार गरेका छन् ।
लामिछानेले ओलीलाई विगतमा साथ दिएको स्मरण गराउँदै काँग्रेसको इशारामा उपसभामुख हटाउने गतिविधिमा नलाग्न आग्रह गरेको बुझिएको छ ।
ओली अहिले उपसभामुख हटाउने दबाबमा छन् । काँग्रेसले उपसभामुख हटाउने गरी महाभियोग प्रस्ताव दर्ता गर्न दबाब दिइरहेको छ ।
महाभियोग लगाएर उपसभामुख हटाउने र आफ्ना सांसदलाई बनाएर संवैधानिक परिषद्मा आफ्नो सदस्य सुनिश्चित गर्ने दाउमा काँग्रेस छ ।