३ आश्विन २०८१, बिहिबार | September 19, 2024

विद्युत महशुल नतिर्ने उद्दोगी र एनसेल दुहुनो भैंसी


September 10, 2024
415
Shares

काठमाडौं, २५ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनयता डेडिकेटेड र ट्रंक लाइन वापत्को महशुल तिर्नुपर्ने बताए । मंगलबार संखुवासभा पुगेर ऊर्जामन्त्री दिपक खड्काले त महशुल तिर्नुपर्छ भने । रोचक त यो छ कि महशुल नतिर्ने उद्दोगको लाइन काट्दा ठाडो आदेश देखि क्याबिनेटबाट निर्णय गराएर नेपाल विद्यतुत प्राधिकरणलाई लाइन जोड्न वाध्य पार्ने ओली र खड्का नै थिए ।

२२ अर्ब विद्युत महशुल बक्यौता भइसक्दा पनि शंकर ग्रुपलगायत दर्जनौं उद्दोग तिर्न मानिरहेका छैनन् । उनीहरु अनेकन कानूनी र राजनीतिक दुलो खोज्दै महशुल पचाउन खोजिरहेका छन् । ओली प्रधानमन्त्री भएलगत्तै विभिन्न भेटघाट गरेर महशुल नतिर्ने बहानाबाजी गरे केही उद्दोगीले । उनीहरुले कमिशनको खेल पनि खेले ।

जब जब सरकार परिवर्तन हुन्छ विद्युत महशुलको विषय उठ्छ । लाइन काटिन्छ अनि जोडिन्छ । राज्यलाई तिर्नुपर्ने महशुल नतिरेर उद्दोगीले राजनीतिक नेतृत्व र कर्मचारीलाई नगद बुझाउने गरेको छर्लंग छ । यसकारण पनि मुख्य दलको दुहुनो भैंसी बनेका छन् महशुल नतिर्ने उद्दोगी ।

नेपालमा एनसेल अर्को दुहुनो भैंसी बनेको छ गनेचुनेका नेताको । एनसेलले कर छली देखि नवीकरणमा समेत चलखेल गरेको छ । उसले १६ अर्ब नवीकरणवापत् बुझाउनुपर्नेमा अर्को ५ वर्ष लगाएर बाँकी १२ अर्ब तिर्ने निर्णय मन्त्रिपरिषद्बाट गराउन सकेको छ । ४ अर्ब मात्र तिरेको छ । एनसेलले पनि मुख्य दलका नेतालाई कमिशन बुझाउँदै आएको छ ।

एनसेलको शेयर विक्री प्रकरण त छासमिस पारिएको छ । यो प्रकरणमा खरबको खेल भएको तथ्यहरु बाहिर आइसकेको छ । यसैपनि एनसेलले ६५ अर्ब कर तिरेको छैन । उसले राज्यलाई कर छल्न मुख्य नेतालाई रकम बुझाउने गरेको छर्लंग छ ।

प्रतिक्रिया