नेताको घर धाउने प्रहरीमाथि कारबाही हुने

काठमाडौं, २३ भाद्र । प्रहरीमा सरुवा बढुवाका लागि पावर लाउन धाउनेहरुको कमी छैन । सिधै र बिचौलियामार्फत् प्रहरीका जवान देखि ठूला कर्मचारीसम्म नेताको घर धाउने गरेको प्रवृत्ति बढेको छ । यसलाई रोक्न प्रहरी मुख्यालयले कडा कदम चालेको छ ।
प्रहरी मुख्यालयले परिपत्र जारी गरी आफूभन्दा माथिल्लो निकायका अधिकारीसँग अनुमति नलिई विना कारण राजनीतिक व्यक्तिसँग भेटघाट गरेमा कारबाही गर्ने परिपत्र मातहतको कार्यालयमा पठाएको छ । परिपत्रमा राजनीतिक वा अनावश्यक भेटघाट विना अनुमति र विना कारण नगर्न भनेको छ ।
नेता वा शक्तिकेन्द्रमा विना अनुमति भेटघाट गरेमा अभिलेखमा जनिने गरी हदैसम्मको विभागीय कारबाहीको चेतावनी समेत दिइएको छ ।