३१ भाद्र २०८१, सोमबार | September 16, 2024

को हुन् गृहसचिव गोकर्णमणि दुवाडी


September 6, 2024
1.8k
Shares

काठमाडौं, २१ भाद्र । सरकारले गृहसचिवमा गोकर्णमणि दुवाडीलाई जिम्मेवारी दिएको छ । दुवाडीले शुक्रबार नै जिम्मेवारी सम्हालिसकेका छन् ।

दुवाडी राष्ट्रिय तथ्यांक कार्यालयबाट सरुवा गरिएका हुन् । उनले भूमि व्यवस्था, निर्वाचन आयोग, मधेश प्रदेशको सचिवका रुपमा अनुभव हासिल गरिसकेका छन् ।

सञ्चार मन्त्रालयमा समेत काम गरिसकेका उनी सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारी समेत बनेका थिए । उनी काठमाडौंका स्थायी बासिन्दा हुन् ।

काठमाडौंको विश्व निकेतन माविबाट एसएलसी उत्तीर्ण गरेका दुवाडीले त्रिभुवन विश्वविद्यालयका अलावा जापानको मेजी विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका छन् । उनले पीएलए नेस्नल डिफेन्स युनिभर्सिटीमा पनि अध्ययन गरे ।

प्रतिक्रिया