३१ भाद्र २०८१, सोमबार | September 16, 2024

महिलाहरुका मनका भावना पोख्ने तीज पर्वको महत्व के छ ?


September 5, 2024
1.3k
Shares

चिनु पोखरेल । नेपाली हिन्दु नारिहरुको महान चाड हरितालिका तीज महत्वपूर्ण चाडको रुपमा मानिन्छ । बिशेष त शिव जि जस्तो वर पाउ भनेर कठोर व्रत बसि मनाइने पर्वको छुट्टै महत्व छ । भगवानकै पालामा माता पार्बतीले भगवान् शिव जि पति पाउ भनेर कडा व्रत भनेको श्वास समेत नफेरी निराहार व्रत बस्नु भएको कारण जुन योग या तपस्या गर्नु भो त्यस्लाइ हठ योग भनिन्छ । माता पार्बतीको हठ योग ब्रतकै कारणले गर्दा भगवान् शिव साक्षत्कार हुनु भयो र आशिर्वाद दिनु भो माता पार्बती तिमिले मलाइ पाउन को लागि यति कष्टकर व्रत बस्यौ दिनभर मुखमा पानी पनि नहाली श्वास समेत नफेरी यसरी मेरो स्तुति गायौ म तिम्रो तपस्याले धेरै खुशी भए ।

भन आज म तिम्रो सामु नतमस्त भएर उभिएको छु अब म तिम्रो यो हठ युक्त जुन योग छ त्यस्लाइ तथास्तु भनिदिन्छु भनेर भगवान ले भने पछि माता पार्बती खुशिले गदगद हुनु भो त्यसपछी शिवरात्रीको दिन भगवान शिव र पार्बतीको बिबाह भएको थियो ।

यसरी भगवान कै पाला देखि नै असल वर पाउ भनेर कठोर रुपमा निलाहार उपबास बसि दिन भरी शिबजिको मन्दिरमा गइ नाना थरी का नैबेद्ध्यहरु ,विभिन्न थरिका फुलप्रसादिहरु चढाइ विभिन्न खाल को तिजको गितहरु गायर नाचेर शिव जि जस्तो वर पाउ भने हिन्दु नारिहरुले मनको भावनाहरु गित मार्फत पोखेर मनाउने चलन छ । यो चलन परापुर्बकाल देखि चलेको हुनाले बिशेष गरि हिन्दु नारी हरुले मनाउने चलन रहेको छ ।हिन्दु नारी हरु को महान पर्व भएको हुदा परम्परा अनुसार तिजमा बिबाह गरेर दिएको छोरीहरुलाई आफ्नो जन्म घर अर्थात माइतमा आउनको लागि तिज आउन भन्दा केही दिन अगाडि नै लिन जाने चलन छ ।

पहिले-पहिले यातायातको सुबिधा नहुदा झोलुङे पुलहरु नहुदा नदि खोला तर्नु पर्ने लामो बाटो दिदी बहिनीहरुलाई दाजु भाइले लिएर आउने जुन चलन छ त्यो चलन निरन्तर अहिले सम्म पनि चलिनै रहेको छ । समाजिक बिसङती, कुरुती, पछौटेपन आदि लाई गीत कै माध्यमद्धारा अभिब्यक्त गरेर दुख सुख को पिर मर्का ब्यक्त गर्ने परम्परा पनि रहेको छ । यसरी गित को माध्यम द्धारा गाउँ घरका दिदी बहिनीहरु एकै ठाउँमा बसेर रमाइलो गरि पानी पनि मुखमा नराखी कठोर खालको व्रत बस्ने चलन भएको हुँदा सम्पुर्ण इष्टमित्रहरु संग पनि भेट हुने मनको भावनाहरु पनि पोख्न पाइने भएको हुदाँ महिलाहरुलाई यो पर्बको छुट्टै महत्व हुन्छ ।

तिजको पर्व सङै ऋषि पन्चमी पर्व पनि जोडिएको छ । विशेष गरि नारीहरु रजस्वला भएपछि विभिन्न ठाउमा बस्दा केही कुराहरु बार्नु पर्ने हुन्छ त्यो बार्नको लागि धेरै अप्ठ्याराहरु छन् । नचाँहादा नचाहदै पनि प्रकृतिक कुरो भएको हुँदा बार्न नै नभ्याउने अबस्थाहरु हुदाँ रहेछन् । यो अबस्थाबाट सरल उपाय तिर लैजानको लागि हामीले ले ऋषि पन्चमी मनाउदै आइरहेका छौ । भगवानको पालाको कुरो गर्ने हो भने स्वर्गलोकका इन्द्रले आफ्नो गुरु बिश्वरुपलाई गुरु मान्दथे । ती बिश्वरुप गुरु दानबहरुका पनि भान्जा थिए । गुरु बिश्वरुपलाई इन्द्रले आफ्नो गुरु मानिरहेको अबस्थामा इन्द्रलाई कुनै कुरामा मोह जाग्यो । जस्को फलस्वरूप गुरु बिस्वरुपलाई इन्द्रले मारिदिए भगवान इन्द्रलाई ब्रह्महत्याको पाप लाग्यो ।

इन्द्रलाई ब्रह्महत्या को पापले पाताल जानू पर्यो । जुन कारणले इन्द्रले पाप गरे त्यो मोक्ष हुनको लागि धेरै कस्ट सहन पर्ने थियो ।  इन्द्रलाई ब्रम्हहत्या को पाप लागेपछि पृथ्वी तेज आकास बायुमा भयका हरेक प्रा‍णीलाई असर भयो ।इन्द्र बेगर्को पानी परेन पानी नभय पछि सब अन्धकारमय हुने भयो भनेर देवता हरु ले सर सल्लाह गरे अब इन्द्र लाई बोलाउनु पर्यो भने ।

इन्द्रलाइ कसरी बोलाउने उस्ले त ब्रह्महत्या गरेका छ उस्ले पापको मोक्ष पाउने बेला भएको छैन भन्ने कुरो भयो । त्यसपछि इन्द्रको पाप कटाउन वा ब्रह्महत्या को अन्त्री कसरी गर्न सकिन्छ भनेर भगवानहरुले कुरो राख्दा ब्रह्मजी को चार भागको सामर्थ्य छ ती चार सामार्थ्य क कस्ले बड्ने भनेर सल्लाह लिदा १)पृथ्वी माता २)नारी शक्ति ३) अग्नि र ४)जल/गङ्गा

यसरी चार भाग लगायर ब्रह्महत्याको पाप कटनीको लागि भाग लगाइयो पृथ्वी माताले मलाई नपोती कुनै पनि कार्य गर्न हुदैन र चट्टानमा कुनै पनि बिरुवा नहोस भन्दा मानिन । त्यस्तै नारी लाई सामार्थ्यवान होउन सन्तान उत्पादन गर्न सक्ने क्षेमता साथै ईश्वरिय शक्ति पुरुषहरुले नारी लाई मानुन भन्ने । र रजस्वाला हुदा बार्नु पर्छ भन्ने । त्यस्तै अर्को ब्रह्महत्या को पाप मोक्ष को लागि अग्नि ले लिइन ।अग्निले म चाहे भने आगो फुक्न लाग्दा को मुस्लो बनेर ब्रह्महत्या को पाप कटनी गर्छु भने त्यस्पछी जल गङाले पनि एक भाग लिइन जुन बर्षाको समयमा तछाड मछाड गर्दै धमिलो हुँदै बग्ने बिग्रह्को रुप लिएर बसिन असरी इन्द्र भगवान ले ब्रह्महत्या गर्नु भयको हुदा ब्रह्महत्या को पाप कटनी गर्न पर्दा चार भागमा बाडेर इन्द्रलाई मोक्ष दिएका थिए ।

त्यसैको फल स्वरुप हो ऋषि पन्चमी मा सप्तऋषिहरुको पुजागर्न अरुन्धत्ती सप्तऋषिहरु १)कस्यप २) अतृ ३)बसिश्ठ ४)बिश्वमित्र ५) जमदग्नी ६)भारद्वाज ७) गौतम ऋषिहरुको नाममा पुर्खाले संस्कृति जोगाउने हिसाबले आज सम्म हिन्दु नारीहरुले मनाउदै आएको हामी पाउछौ ।

(पोखरेल नेपाली कांग्रेस महासमिति सदस्य एवं नेपाल महिला संघको मुख्यसचिव हुनुहुन्छ ।)

 

प्रतिक्रिया