३१ भाद्र २०८१, सोमबार | September 17, 2024

लायन्स क्लब अन्तराष्ट्रिय ३२५ डिष्ट्रिक्ट एसद्धारा व्हिल चियर बितरण


September 5, 2024
1.1k
Shares

काठमाडौं,२० भदौ । लायन्स क्लब अन्तराष्ट्रिय ३२५ डिष्ट्रिक्ट एस एरिया २ ले आयोजना गरेको लायन्स चेलिबेटीहरु सहभागी तिज कार्यक्रममा मनहरि वडा नं १ निवासी हिरालाल थिंगलाई व्हिल चियर बितरण गरेको छ ।
‘जहॉ आवश्यक्ता त्यहॉ लायन्स हामी सेवा गर्छौ’भन्ने मुल नारा रहेको ले लायन्सहरुले उक्त कार्यक्रमलाई सेवा संग पनी जोडेको छ ।

कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर PMJF लायन तासी डोल्मा तुम्बाहाम्फे, PDG MJF लायन शम्भु नकर्मी सथै अन्य लायन लिडरहरु र लायन्सहरुको सहभागिता रहेको थियो । कार्यक्रमका सभापति लायन्स क्लब हेटौंडा भुटनदेवी सेन्टिनियलका संस्थापक अध्यक्ष एरिया को चिफ लायन मिनु अग्रवाल रहनु भएको थियो ।

कार्यक्रम संचालन एरिया २ का कोषाध्यक्ष लायन नमुना पाण्डेले गर्नुभएको थियो भने सम्पुर्ण उपस्थितलाई लायन रमा तिवारीज्युले स्वागत गर्नुभएको थियो साथै झण्डाको अभिवादन लायन्स क्लब मकवानपुर ईनोभेटिभका अध्यक्ष लायन सरिता कार्कीले गर्नु भएको थियो ।

तिज कार्यक्रममा म्युजिक चियर, लायन्स संग सम्बन्धित प्रश्न उत्तर लगाएतका मनोरन्जानत्मक खेलहरु खेलाईएको डिष्ट्रिक्ट डेपुटी चिफ लायन अरुण गुरुगंले जानकारी दिनुभयो।

प्रतिक्रिया