३१ भाद्र २०८१, सोमबार | September 17, 2024

सर्वोच्चमा न्यायाधीश पद रिक्त भएको एक महिना अगावै सिफारिस गर्नुपर्ने


September 4, 2024
581
Shares

काठमाडौं, १९ भाद्र । अब सर्वोच्च अदालतमा न्यायाधीश पद रिक्त हुनुभन्दा एक महिना अगावै न्याय परिषदले नाम सिफारिश गर्नुपर्ने भएको छ । सर्वोच्च अदालतले परमादेश जारी गर्दै सर्वोच्चमा न्यायाधीश पद रिक्त हुनुभन्दा एक महिना अघि नै न्यायाधीशमा नाम सिफारिश गर्नुपर्ने आदेश दिएको हो ।

सर्वोच्चका न्यायाधीशहरु हरिप्रसाद फुयाल र विनोद शर्माको संयुक्त इजलासले मंगलबार परमादेश जारी गरेको हो । उच्च तथा जिल्ला अदालतमा रिक्त न्यायधीशमा कानूनले तोकेको अवधिभित्र नियुक्त गर्न भनिएको छ ।

२०७५ सालमा ओमप्रकाश मिश्रले सार्वजनिक सरोकारको रिट गर्दा गरेका थिए । यसमा सुनुवाई हुँदै ६ वर्षपछि फैसला आएको हो ।

सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली र त्यसपछि ओमप्रकाश मिश्रले न्यायाधीश नियुक्त गर्न खोज्दा न्याय परिषदले नाम सिफारिश गरेको थिएन । यसमा ठूलै राजनीतिक स्वार्थ लुकेको थियो ।

प्रतिक्रिया