३१ भाद्र २०८१, सोमबार | September 16, 2024

आइजीपीको जिब्रो थुत्ने धम्की दिने मन्त्री गुरुङमाथि कारबाहीको माग गदैै पूर्वआइजीपीहरुले निकाले विज्ञप्ति


September 3, 2024
7.5k
Shares

काठमाडौं, १८ भाद्र । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको आइजीपीको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति सामसुम पार्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास विफल हुने भएको छ । मन्त्री गुरुङलाई पदबाट हटाउन चौतर्फी दबाब बढेको छ ।

मंगलबार पूर्वआइजीपीहरुले विज्ञप्ति निकालेर गुरुङमाथि कारबाही गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् । पूर्व प्रहरी संगठन प्रमुख मञ्चका तर्फबाट उनीहरुले गुरुङमाथि कारबाही गर्न प्रधानमन्त्री ओलीसँग माग गरेका हुन् । उनीहरुले गुरुङलाई अभिव्यक्ति फिर्ता लिई माफी माग्न समेत भनेका छन् ।

गुरुङले पोखरमा सार्वजनिक रुपमा जिब्रो थुत्नुपर्ने अभिव्यक्ति शनिबार दिएका थिए । उनी अभिव्यक्तिका कारण पटक पटक विवादमा आइरहन्छन् ।

प्रतिक्रिया