३१ भाद्र २०८१, सोमबार | September 17, 2024

सेनाका ५ जर्नेलसहित १२ जना किन उडे अमेरिका


September 3, 2024
1.3k
Shares

काठमाडौं, १८ भाद्र । नेपाली सेनाको ५ जर्नेलसहितको टोली अमेरिका उडेको छ । सोमबार साँझ दुई तारे जर्नेल कृष्णदेव भट्ट नेतृत्वको टोली अमेरिका उडेको हो ।

टोलीमा एक तारे जर्नेलहरु रविन्द्र खत्री पनि छन् । उनी सेनाको जासुसी संयन्त्र मानिने डीएमआईमा छन् । अरु जर्नेलहरुमा मानबहादुर महरा, प्रेमबहादुर पुन र पवनकुमार खड्का छन् ।

कर्णेलहरु सुवाष थापा, खगेन्द्रराज थापा, शैलेन्द्र बस्नेत, सुदिपकुमार तामाङ पनि छन् । मेजर डोलराज श्रेष्ठ र रक्षा मन्त्रालयकाउ पसचिव भुवन पाण्डे र परराष्ट्र मन्त्रालयका उपसचिव जिमसन राई पनि अमेरिका उड्ने टोलीमा छन् । उनीहरु कोरियाको सोल हुँदै अमेरिकाको होनोलुलु पुग्नेछन् । होनोलुलुमा पाँचौं स्थल सेना सम्बन्धी सम्मेलनमा टोली सहभागी हुनेछन् । यति ठूलो संख्यामा जर्नेलहरु एकैपटक अमेरिका उड्नुलाई अर्थपूर्ण मानिएको छ । प्रधानसेनापति विदेश भ्रमणमा जाँदा समेत यति ठूलो संख्यामा जर्नेलहरु जाँदैनन् ।

प्रतिक्रिया