३१ भाद्र २०८१, सोमबार | September 17, 2024

छायाँ सेन्टर भत्काउने आदेशसहितको फैसला आउने


September 2, 2024
581
Shares

काठमाडौं, १७ भाद्र । ठमेलस्थित सार्वजनिक पोखरी कब्जा गरी बनाइएको छायाँ सेन्टर भत्काउने आदेश सर्वोच्च अदालतबाट आउने भएको छ । छायाँ सेन्टरविरुद्धको रिटमा सोमबार अन्तिम सुनुवाई हुँदैछ । त्यसपछि ऐतिहासिक फैसला आउने भएको हो ।

सर्वोच्चले छायाँ सेन्टर रहेको स्थानको जग्गाबारे जवाफ माग्दा सार्वजनिक पोखरी रहेको प्रमाणसहित गुठी संस्थान, मालपोतलगायतले सर्वोच्च अदालतलाई जवाफ पठाइसकेका छन् । छायाँ सेन्टरका संचालकमध्येका सुमन पाण्डेले पनि पोखरी रहेको ठाउँमा छायाँ सेन्टर बनाएको स्वीकारेका छन् । तर, उनको दाबी उक्त पोखरी सार्वजनिक नभई निजी हो ।

सार्वजनिक पोखरीमा ठडिएको छायाँ सेन्टर भत्काउने गरी प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठकै पालामा फैसला सुनाउने तयारी भएको हो । सबै प्रमाण जुटाएपछि २०७१ र २०७३ मा दायर मुद्दाको अन्तिम किनारा लगाउन लागिएको हो ।

प्रतिक्रिया