३१ भाद्र २०८१, सोमबार | September 17, 2024

कालाबजारीका काला आँखा, ओली सरकारको आँखा चिम्म


September 1, 2024
913
Shares

काठमाडौं, १६ भाद्र । विगतमा वर्षहरुमा दशैंका बेलामा काजाबजारी हुन्थ्यो । चिनीको कृत्तिम अभाव खडा गरी मूल्य बढाइन्थ्यो । दाल, चामल, तेल जस्ता दैनिक उपभोग्य सामाग्रीको पनि मूल्य यसरी नै बढाउँथे कालाबजारीले । यसपटक भने दशैं आउनुभन्दा दुई महिना अगावै कालाबजारी सक्रिय भएका छन् ।

बजारमा चिनीको अभाव देखाएर मूल्य बढाइएको छ । प्रतिकेजी चिनी ९५ मै पाइनेमा अहिले १२० मा बेचिइरहेका छन् व्यापारीले । दाल, चामलको पनि मूल्य आकाशिएको छ ।

तरकारीको मूल्य झन् आकाशिएको छ । फलफूल पनि उपभोक्ताको भान्छामा पुग्न कठिन भएको छ । कालाबजारीहरुका काला आँखा सक्रिय छन् यतिबेला । तर, केपी शर्मा ओली नेतृत्वको सरकारले आँखा चिम्लिएको छ ।

सरकारको ध्यान सर्वसाधारणलाई राहत दिनेभन्दा आहत दिन तल्लिन छ । उपभोक्ताले दुःख पाइरहेका छन् ।

प्रतिक्रिया