नेपाललाई ओलम्पिकमा ऐतिहासिक पदक दिलाउने पलेशा

काठमाडौं, १५ भाद्र । पलेशा गोर्वद्धनले नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक पदक दिलाएकी छिन् । तेक्वान्दोको ५७ केजीभन्दा कम तौलको प्रतिष्पर्धामा सर्वियाली खेलाडीलाई पाराजित गरी पलेशाले काँस्य जितेकी हुन् ।
पलेशा ओलम्पिक प्रतिष्पर्धामा पदक जित्ने पहिलो नेपाली खेलाडी पनि बनिन् । २१ वर्षीया पलेशा काठमाडौंमा जन्मिएकी हुन् ।
२०२१ को एशिया युथ पारा गेम्समा पलेशाले स्वर्ण जितेकी थिइन् ।
२०१० देखि पलेशाले तेक्वान्दो खेल्न थालिन् । उनको जन्मदै बाँया हातका औला विकसित भएनन् । तर, उनले उमेर भएपछि तेक्वान्दो खेल्न थालिन् । उनका पिता पदीप गोर्वद्धनले तेक्वान्दो स्कुलमा भर्ना गरिदिए । त्यसपछि उनी निरन्तर अगाडि बढिन् ।
पारा ओलम्पिकमा काँस्य जितेकी पलेशाले सरकारबाट ६५ लाख नगद पाउनेछिन् ।