३१ भाद्र २०८१, सोमबार | September 17, 2024

अमेरिकामा मुना पाण्डेको हत्या गर्ने बबिसिंह को हुन्


August 30, 2024
3.1k
Shares

एजेन्सी, १४ भाद्र । अमेरिकामा नेपालकी मुना पाण्डेको हत्या गर्ने बबिसिंह शाह पहिले देखि नै आपराधिक पृष्ठभूमिको रहेको खुलेको छ । नर्सिङकी विद्यार्थी पाण्डेको सोमबार साँझ टेक्सास राज्यको ह्युस्टनमा रहेको आफ्नै अर्पाटमेन्टमा हत्या भएको थियो ।

प्रहरीले अनुसन्धानका क्रममा २१ वर्षीय पाण्डेको हत्या बबिसिंहले गरेको खुलेको थियो । त्यसपछि पक्राउ परेका ५१ वर्षीय शाहले घरमा प्रवेश गरी हत्या गरेका थिए । सीसीटीभी फुटेजबाट उनी घरमा छिरेको एक घन्टापछि निस्किएका थिए ।

शाहले घरभित्र छिरी ढोका ढक्ढक्याएको र लामो समयपछि मुनाले ढोका खोलेकी थिइन् । त्यसपछि केही सोध्न खोज्दा जर्बजस्ती कोठामा छिरेर चुकुल लगाएका थिए ।
मुनाको हत्या गोली प्रहारबाट भएको छ । उनको टाउकोको पछाडि भागमा गोली प्रहार भएको छ ।

भारतीय मूलका बबिसिंह शाह पटक पटक जेल परिसकेको खुलेको छ । उनी आपराधिक पृष्ठभूमिका हुन् ।

मुना रामेछापकी हुन् । उनी नर्सिङ अध्ययनरत थिइन् ।

बबिसिंहसँग मुनाको पुरानो चीनजान थियो या थिएन भन्नेबारे पनि अनुसन्धान भइरहेको बुझिएको छ ।

प्रतिक्रिया