३१ भाद्र २०८१, सोमबार | September 17, 2024

हिन्दूविरोधी गतिविधिका लागि कहाँबाट ओइरियो पैसा


August 30, 2024
415
Shares

काठमाडौं, १४ भाद्र । नेपालमा हिन्दूविरोधी गतिविधिका लागि विदेशबाट पैसा ओइरिएको तथ्यहरु फेला परेका छन् । वैध र अवैध मार्गबाट त्यस्ता पैसाहरु ओइरिएका छन् । ती पैसा हिन्दूविरोधी गतिविधिमा खर्च गरिएका छन् ।

विशेषगरी हिन्दूविरुद्ध मिडिया गतिविधि गर्न पैसा बढी आएको छ । ती पैसाहरु सामाजिक संस्था या सिधै व्यक्ति तथा हिन्दूविरोधी समूहमा पुगिरहेका छन् ।

विश्वस्त स्रोतका अनुसार सामाजिक सञ्जालमा पेज बनाएर या विभिन्न व्यक्तिका नाममा फेक आइडी खोलेर हिन्दूविरोधी गतिविधि गर्ने समूहले कार्यालय नै स्थापना गरेको छ । ती कार्यालय फरक नाम र उद्देश्यले खोलेको देखाएपनि हिन्दूविरोधी गतिविधिमा केन्द्रित छन् ।

सामाजिक सञ्जालमा श्रीकृष्णको जन्माष्टमीमा नेपाल टेलिकमको धुन बज्दा समेत हिन्दूविरोधी गतिविधिमा योजनावद्ध तरिकाले लागेकाहरुबाट विरोधको स्वर सुनिए । त्यस्ता समूह नै देशमा नयाँ प्रकारको हिंसा सृजना गर्न उद्धत छन् ।

हिन्दूविरोधी गतिविधिका लागि केही देश विशेषले नै पैसा ओइराएका छन् । त्यसको तथ्यहरु सरकारका जिम्मेवार निकायसम्म पुगेको बुझिएको छ ।

प्रतिक्रिया