३१ भाद्र २०८१, सोमबार | September 17, 2024

लायन्स क्लब अन्तराष्ट्रिय ३२५ डिष्ट्रिक्ट एसका तिन क्लबहरुको डिस्ट्रिक गर्भनर क्लब भिजिट प्रोगाम सम्पन्न


August 25, 2024
2.7k
Shares

काठमाडौं,९ भदौं । लायन्स क्लब अन्तराष्ट्रिय ३२५ डिष्ट्रिक्ट एसका तिनवटा क्लबहरुको संयुक्त District  Governor Club Visit Program सम्पन्न भएको छ । कार्यक्रममा लायन्स क्लब मकवानपुर ईनोभेटिभ अध्यक्ष लायन सरिता कार्कीको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको लायन्स क्लब मकवानपुर सगरमाथा स्मार्टका अध्यक्ष सुरज अर्यालले जानकारी दिनु भयो ।

प्रमुख अतिथी डिष्ट्रिक्ट गभर्नर PMJF लायन तासीडोल्मा तुम्बाहाम्फे, बिशेष अतिथी डिष्ट्रिक्ट सचिव लायन गौरी चिमरिया, डिष्ट्रिक्ट कोचिफ एडभाईजर द्वय PMJF लायन भिकेएस ठकुरी र PMJF लायन ज्योती केसी,अतिथी डिष्ट्रिक्ट डेपुटी चिफ लायन अरुण गुरुङ, जोन चियरपर्शन रेखा पाठक रहनु भएको थियो ।

लायन्स क्लब काठमाण्डौं युनाईटेड सगरमाथाका अध्यक्ष सिमा घिमिरे लोहनी र लायन्स क्लब मकवानपुर सगरमाथा स्मार्टका अध्यक्ष सुरज अर्याल, उपाध्यक्ष आकाश प्रजा, कोषाध्यक्ष सुभद्रा कर्माचार्य, सर्भिस चियपर्शन निलम श्रेष्ठका साथै लायन लिडरहरु, नन लायनहरु समेतको बृहत उपस्थिती रहेको थियो ।

कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर PMJF लायन तासीडोल्मा तुम्बाहाम्फेबाट नयॉ सदस्यता स्पोन्सर गर्नुहुने डिष्ट्रिक्ट कोचिफ एडभाईजर PMJF भिकेएस ठकुरी र लायन सरिता कार्कीज्युलाई मेम्बर ग्रोथ पिनबाट र मिसन १.५ पिनबाट तिनैवटा अध्यक्षज्युहरुलाई सम्मानित गर्नुभएको थियो ।

कार्यक्रम लायन्स क्लब मकवानपुर सगरमाथा स्मार्टका अध्यक्ष लायन सुरज अर्यालले संचालन गर्नुभएको थियो भने लायन्स क्लब काठमाण्डौं युनाईटेड सगरमाथा अध्यक्ष सिमा घिमेरे लोहनीले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो । यसैगरी लायन्स क्लब मकवानपुर ईनोभेटिभ अध्यक्ष लायन सरिता कार्कीले सम्पुर्ण उपस्थित सहयोगी सबैलाई आभार प्रकट सहित धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

 

प्रतिक्रिया