३१ भाद्र २०८१, सोमबार | September 17, 2024

बेलायतबाट विनय अधिकारीले लिएर आए ‘इन्द्र महाराज’ (भिडियोसहित)


August 20, 2024
498
Shares

काठमाडौं,४ भदौं । बेलायतका सामाजिक अभियन्ता एवं व्यवसायी विनय अधिकारीले ‘इन्द्र महाराज’ बोलको गीत बजारमा ल्याएका छन्। बजारमा आएको केही दिनमै उक्त गीतले चर्चा कमाइरहेको छ।

यो उनको तेस्रो गीत हो। यसअघि उनले दुनियाँ ‘लठ्ठ छ’, ‘युके बस्ने माया गीत बजारमा ल्याइसकेका छन्।

अधिकारीको आफ्नै युट्युब च्यानल ‘विनय अधिकारी’मार्फत् सार्वजनिक भएको उक्त गीतमा गायिका मेलिना राई र बद्री सापकोटाको स्वर रहेको छ। भिडियोमा विनय अधिकारी र नायिका शिल्पा पोखरेलको अभिनय रहेको छ।

भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन्। ‘ सबै गीतहरू श्रोताहरूले निकै मन पराइदिएकाले मलाई एकपछि अर्को गीत निकाल्न हौसला मिलेको छ,’उनले भने, ‘आगामी दिनमा गीत बजारमा ल्याउने क्रमलाई निरन्तरता दिनेछु।’

भिडियो हेर्नुहोस्

प्रतिक्रिया