३ आश्विन २०८१, बिहिबार | September 19, 2024

गाई जात्राले शोकलाई शक्तिमा बदल्ने सन्देश दिएको छ : मन्त्री पाण्डे


August 20, 2024
166
Shares

काठमाडौं,४ भदौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गाई जात्राले शोकलाई शक्तिमा बदल्ने सन्देश दिएको बताउनु भएको छ।

सोमबार गाई जात्रा महोत्सव, सांस्कृतिक संस्था(नाचघर)द्वारा आयोजित गाई जात्रा महोत्सवमा बोल्दै उक्त कुरा बताउनु भएको हो । उहाँले भन्नू भयो,गाई जात्राले शोकलाई शक्तिमा बदल्ने सन्देश दिएको छ।यो राजा जयस्थिती मल्लले सुरूवात गरेको भए पनि सबै कालखण्डमा उत्तिकै महत्त्वपूर्ण छ ।’

मन्त्री पाण्डेले सांस्कृतिक संस्थानले सृजनशील कार्यक्रम अघि बढाएको बताउनु भयो। उहाँले मुलुक भुगोलमा सानोभए पनि यहाँको विविधता भित्रको संस्कृतिमा छुट्टै विशेषताहरू रहेको बताउनु भयो। मन्त्री पाण्डेले यस संस्कृति भित्रको भित्रको जिवन्तता पूँजी भएको समेत प्रस्ट पार्नु भयो।

प्रतिक्रिया