४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

रुसले आणविक अस्त्र हान्नसक्ने खतरा


August 19, 2024
996
Shares

एजेन्सी, ३ भाद्र । रुसले कुनैपनि बेला आणविक अस्त्र हान्नसक्ने खतरा बढेको छ । युक्रेनले रुसी भूभागभित्र हमला गरी क्षति पुर्याउन थालेपछि खतरा बढेको छ । युक्रेनले अमेरिका, बेलायतलगायत पश्चिमा देशको हतियार प्रयोग गरी आक्रमण गरिरहेको छ ।

रुसलाई आणविक अस्त्र हान्न उत्प्रेरित गरिरहेको भन्दै बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले आलोचना गरेका छन् । युक्रेनको पछिल्लो कदमले सँसारमा अशान्ति मच्चाउने उनको निष्कर्ष छ ।

चीनको ग्लोबल टाइम्सले पनि आणविक युद्धको खतरा औल्याएको छ । युक्रेनको पछिल्लो आक्रामक कदमले गम्भीर परिणाम ल्याउने निष्कर्ष निकालिएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि कडा चेतावनी दिएका छन् । यसले गम्भीर अवस्था ल्याउन सक्छ ।

रुस सँसारमा सबैभन्दा ठूलो आणविक शक्ति हो । उसको आणविक शक्तिले सँसारको कुनैपनि देशमा ध्वंश मच्चाउने सामथ्र्य राख्छ ।

प्रतिक्रिया