३ आश्विन २०८१, बिहिबार | September 19, 2024

बँगलादेशमा शेख हसिना समर्थक मारिन र थुनिन थाले


August 14, 2024
1.6k
Shares

एजेन्सी, ३० साउन । बँगलादेशमा शेख हसिनाको सत्ता ढलेसँगै उनका समर्थकहरु झन् असुरक्षित भएका छन् । उनीहरुमध्ये कतिपय मारिएका छन् । कतिपयमाथि पक्राउ पूर्जी जारी गरी प्रहरीले धरपकड चलाएको छ ।

हसिना भारतमा निर्वासित छिन् । उनका समर्थक भने असुरक्षित भई भूमिगत भएका छन् । तर, कतिपयलाई प्रहरीले पक्राउ गरेको छ ।

हसिनामाथि हत्या आरोमा मुद्दा दायर भएको छ । यसलाई कतिपयले बदलाको राजनीति भनेका छन् ।

नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले बँगलादेशको अन्तरिम सरकारको नेतृत्व गरेपनि उनी बदलाको राजनीतिमा सुस्तरी बढेका छन् । हसिना प्रधानमन्त्री हुँदाका सल्लाहकार सल्मान फजलुर रहमान र पूर्व कानूनमन्त्री अनिसुल हक हत्या आरोपमा पक्राउ परिसकेका छन् । रहमानका छोरालाई बँगलादेशको आइएफआईसी बैंकको निर्देशकबाट हटाइसकिएको छ ।

हसिनाका समर्थकहरुमाथि हिंसा मच्चाइएको छ । उनका कतिपय समर्थक मारिएका छन् । हिन्दू अल्पसंख्यकमाथि पनि बँगलादेशमा हिंसा मच्चाइएको छ ।

प्रतिक्रिया