३१ भाद्र २०८१, सोमबार | September 17, 2024

बद्री केसीलाई एनआरएन अध्यक्षको मान्यता


August 13, 2024
747
Shares

काठमाडौं, २९ साउन । सर्वोच्च अदालतले बद्री केसीलाई गैर आवाशीय नेपाली संघ एनआरएनको अध्यक्षको मान्यता दिने फैसला गरेको छ । मंगलबार सर्वोच्चले केसीसहित निर्वाचित कार्य समितिलाई मान्यता दिने गरी फैसलाको पूर्णपाठ सार्वजनिक गरेको हो ।

न्यायाधीशहरु तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले २२ साउनको फैसलाको सोमबार मंगलबार पूर्ण पाठ सार्वजनिक भएकोमा केसी नेतृत्वको कार्यसमितिले काम कारबाही गर्न पाउने ठहर छ । योसँगै केसी नेतृत्वको कार्यसमितिका लागि कामकारबाहीको बाटो खुलेको हो ।

एनआरएन विवाद अदालतमा पुगेपछि लामो समयदेखि नेतृत्वको अन्यौल थियो ।

प्रतिक्रिया