३१ भाद्र २०८१, सोमबार | September 17, 2024

सुम्निमालाई कानून विपरित किन मिल्यो राजदूत पुरस्कार


August 13, 2024
913
Shares

काठमाडौं, २९ साउन । ‘३० वर्ष अघि गाई काट्न पाउनुपर्छ’ भनी अभिव्यक्ति दिएपछि विवादमाा परेका पूर्वमन्त्री पद्मरत्न तुलाधरकी छोरी हुन् सुम्निमा तुलाधर । उनका पिता दिवंगत भइसकेका छन् तर नेपालमा उनको एनजीओ क्षेत्रमा ठूलै प्रभाव थियो । जनजाति भड्काउने ठेक्का नै लिएका थिए उनले । उनको कम्युनिस्ट पार्टीभित्र निकै प्रभाव थियो । अशोक राई पनि उनीसँग निकट थिए । अहिले अशोक राईको दलको कोटामा सुम्निमा राजदूत सिफारिश भएकी छिन् डेनमार्कको ।

सुम्निमा यतिबेला बालबालिकाको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था सिविनकी कार्यकारी निर्देशक छिन् । कुनैबेला सिविनको हर्ताकर्ता थिए उनका पति गौरी प्रधान सिविनका संस्थापक अध्यक्ष हुन् । मानवअधिकारवादीको परिचय बनाएका प्रधान लामो समय मानवअधिकार आयोगको सदस्य रहे ।

उनका पत्नी सुम्निमा तुलाधर भने सिविनको कार्यकारी निर्देशक रहेकै बखत डेनमार्कको राजदूतमा सिफारिस गरेको पाइएको छ।अन्तर्राष्ट्रिय तथा विदेशी सहायताद्वारा सञ्चालित सिविनकी कार्यकारी निर्देशक तुलाधरलाई डेनमार्कको राजदूतमा सिफारिस गरेको हो । यो स्वार्थको सिद्धान्तसँग पनि जोडिएको छ ।

परराष्ट्र मन्त्रालयले संसदीय सुनुवाईका लागि संघीय संसद् सचिवालयमा पठाएको राजदूत नियुक्तिको सिफारिस सूचीमा सुम्निमाको पनि नाम समावेश छ ।

राजदूत नियुक्तसम्बन्धी निर्देशिका, २०७५ मा अन्तर्राष्ट्रिय राष्ट्रिय वा विदेशी साहयताद्वारा सञ्चालित गैरसरकारी संस्था (एनजीओ) मा कार्यरत रहेको व्यक्ति राजदूत पदमा नियुक्तिका लागि योग्य नहुने उल्लेख छ। तर, सरकारले अन्तर्राष्ट्रिय र विदेशी सहायताद्वारा सञ्चालित सिविन, नेपाल नामक एनजीओको कार्यकारी निर्देशकलाई सुम्निमाको नाम डेनमार्कका लागि राजदूतमा नियुक्ति सिफारिस गरेर संसदीय सुनुवाईका लागि संघीय संसद् सचिवालयमा पठाएको हो ।

राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ को दफा ३ (छ), (१०) मा नियुक्ति हुँदाका बखत कुनै अन्तर्राष्ट्रिय वा विदेशी सहायताद्वारा सञ्चालित गैरसरकारी संस्थामा कार्यरत नरहेको व्यक्ति मात्र राजदूतको पदमा नियुक्तिका लागि योग्य हुने प्रावधान छ। राजदूत नियुक्तिसम्बन्धी निर्देशिकाको उक्त व्यवस्था बेवास्ता गर्दै सरकारले सिविनकी कार्यकारी निर्देशक सुम्निमालाई डेनमार्कको राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको हो।

सुम्निमाले सामाजिक सञ्चाल ‘लिंक्डइन’मा अहिले पनि आफूलाई सिविन, नेपालको कार्यकारी संयोजक भनेर परिचित गराएकी छिन्।

विश्व बाल श्रमविरुद्धको दिवसको उपलक्ष्यमा बागमती प्रदेशको मकवानपुर जिल्लामा ‘रिड्युसिङ चाइल्ड लेबर थ्रु एजुकेशन एण्ड सोशल वर्क’ परियोजना कार्यान्वयन गर्न सिविन नेपाल र साप्लेनर जापानबीच साझेदारी सम्झौता पत्रमा सुम्निमाले नै हस्ताक्षर गरेको पाइन्छ। सिविन, नेपालले गरेका विभिन्न कार्यक्रममा उनका श्रीमान समेत रहेका सिविन, नेपालका संस्थापक गौरी प्रधानको सक्रिय उपस्थिति रहेको सिविनले नै विभिन्न माध्यमबाट सार्वजनिक गरेको तस्विरहरूबाट देखिन्छ।

सरकारले मलेसियाको राजदूत पदमा नियुक्तिका लागि पनि एनजीओकर्मी नेत्रप्रसाद तिमल्सिनाको नाम सिफारिस गरेको छ। उनको नाम पनि निकै विवादमा तानिएको छ।

यता अस्ट्रेलियाका लागि राजदूत पदमा नियुक्तिका लागि सिफारिस भएकी कान्ता रिजालको नाम भने संसदीय सुनुवाईका लागि संघीय संसद सचिवालयमा पठाइएको छैन। अदालतबाट दोषी ठहर भएका इजरायलका प्रस्तावित राजदूत धनप्रसाद पण्डित र दक्षिण अफ्रिकाका प्रस्तावित राजदूत राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य कपिलमान श्रेष्ठको नाम भने परराष्ट्र मन्त्रालय संसदीय सुनुवाईका लागि संघीय संसद् सचिवालमा पठाएको छ।

प्रतिक्रिया