३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्रधानमन्त्री ओली र भारतका विदेशसचिव मिस्रीबीच के के कुरा भयो


August 11, 2024
664
Shares

काठमाडौं, २७ साउद । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विदेश सचिव विक्रम मिस्रीले भेटवार्ता गरेका छन् । आइतबार भएको भेटमा मिस्रीले दुई देशको सहकार्यको विभिन्न क्षेत्रलाई गति दिनेबारे छलफल गरेको जनाइएको छ ।

मिस्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश ओलीलाई सुनाएका थिए । दुई देशबीच सहकार्यका क्षेत्रबारे कुरा गर्दै उच्च तहको भ्रमणबारे पनि कुरा भएको बुझिएको छ ।

प्रधानमन्त्री ओलीले मिस्रीमार्फत् भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो समेत दिएको बुझिएको छ ।

मिस्रीले आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । भेटमा दुई देशको सम्बन्ध अझ प्रगाढ बनाउनेबारे छलफल भएको थियो ।

सोमबार परराष्ट्रमन्त्री आरजु देउवासँग मिस्रीले भेटवार्ता गर्ने कार्यक्रम छ । उनी सोमबार नै भारत फर्कनेछन् ।

भारतको सेनाको विमानबाट मिस्री सोमबार नेपाल भ्रमणमा आएका हुन् । विदेश सचिव भएपछि पहिलो भ्रमण भुटानमा गरेका उनको यो दोस्रो भ्रमण हो । उनी चीन मामलाका जानकार मानिन्छन् ।

प्रतिक्रिया