३१ भाद्र २०८१, सोमबार | September 17, 2024

युरोपबाट ‘घर त मेरो म्याग्दी पुलाचौर’ लिएर आए जीवन कुवँर


August 11, 2024
5.8k
Shares

काठमाडौं,२७ साउन । ‘कालीमा आयो राउघाट’,‘सञ्चै छ हैन्’ लगायत गीतमा आवाज दिएका लोकप्रिय गायक जीवन कुँवरले तेस्रो कोसेली पञ्चे बाजा गीत बजारमा ल्याएका छन् ।

कुँवरले आफ्नै शब्द,संगित र आवाजमा दर्शकमाझ तेस्रो कोसेली पञ्चे बाजा गीत ‘घर त मेरो म्याग्दी पुलाचौर’ सार्वजनिक गरेका हुन् । कुँवरलाई लोक गायिका पार्वती थापाले आवाजमा साथ दिएकी छिन् ।

गीतको म्युजिक भिडियोको निर्देशन धु्रव जिसीले गरेका छन् भने किरण कार्कीले छायांकनको साथै सम्पादन पनि गरेका हुन् । म्युजिक भिडियोमा राजकुमार परियार,रिया मगर र अनुरोध जिसीको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

कुँवरको आफ्नै युट्युब च्यानलबाट गत असार २ गते सार्वजनिक गरिएको गीतको भिडियोलाई धेरैले मन पराएका छन् । कुँवरले यसअघि दुई वटा गीत बजारमा ल्याइसकेका छन् । उनका गीतलाई दर्शकहरुले निकै मन पराउँदै आएका छन् ।

रोजगारीको शिलशिलामा विदेशी भूमि रोमानिया पुगेका गायक कुँवरले गाउँघरकै याद झल्काउने गरी पारिवारिक माया पीरतीका भाकालाई समेटिएर गीत र म्युजिक भिडियो बनाएको बताए । ‘जहाँ गए पनि माया त आफ्नै देश र गाउँकै आउने रैछ, आफ्नै गाउँघरका टिपीकल शब्दलाई गीतमार्फत झल्काउन पाउँदा खुशी लागेको छ ।’–गायक कुँवरले भने ।

आगामी दिनमा पनि देशको लागि काम गर्ने उनले बताए । उनी देशका लागि केही गर्नुपर्छ भन्ने हुटहुटी भएका युवा हुन् ।

हेर्नुहोस् भिडियो ।

प्रतिक्रिया