३१ भाद्र २०८१, सोमबार | September 17, 2024

छिमेकीतिर भारतीय अधिकारीहरुको दौडधूप किन बढ्यो ?


August 11, 2024
1.2k
Shares

एजेन्सी, २७ साउन । भारतले बँगलादेश घटनालगत्तै छिमेक मामलामा चासो बढाएको छ । उसले उच्च अधिकारीहरुलाई धमाधम छिमेकी मुलुकहरुमा पठाएर चासो बढाएको हो ।

भारतका विदेशमन्त्री एस जयशंकरले मालदिभ्सको भ्रमण गरेका छन् । त्यहाँ राष्ट्रपति मोहम्मद मुइजुसँग भेटवार्ता गरेका छन् । भारतसँग मालदिभ्सको वर्तमान सरकारको सम्बन्ध चिसिएको बेला यो भ्रमण भएको हो । मुइजुको चीनसँग सम्बन्ध बढी नजिक देखिएको छ । भारतले मालदिभ्सको वर्तमान सत्तासँग दूरी घटाउन खोजेको देखिन्छ ।

भारतका विदेश सचिव विक्रम मिस्रीय नेपाल आउँदैछन् आइतबार । दुई दिने भ्रमणमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च अधिकारीहरुसँग भेट्ने तय छ । विगतमा ओलीसँग भारतको संस्थापन पक्षको सम्बन्ध चिसिएको थियो । भारतले सम्बन्ध फेरि सुमधुर बनाएको सन्देश पनि दिन खोजेको छ ।

छिमेकसँगको सम्बन्धलाई निकै प्राथमिकतामा राखेर अन्य शक्तिको प्रभाव कम गर्न भारतीय अधिकारी रणनीतिक तरिकाले लागेको देखिन्छ । विशेषगरी भारतले निकै नजिक मानेका छिमेकहरुमा चीन र अमेरिकाको प्रभाव बढेकोबाट उसको चिन्ता देखिन्छ । यसले उसको सामरिक स्वार्थलाई असर पारेको विश्लेषण भइरहेको छ ।

बँगलादेशको सत्ता पल्टेको घटनाबाट भारत सतर्क भएको छ । त्यहाँ भारतविरोधी गतिविधि बढेका छन् । विशेषगरी हिन्दूहरुमाथि आक्रमण बढेको छ । यसले पनि भारतले छिमेकमा आफूविरुद्धका शक्ति हावी नहुन् भन्ने हेतुले काम गर्न खोजेको सन्देश दिइरहेको छ ।

प्रतिक्रिया