३१ भाद्र २०८१, सोमबार | September 17, 2024

नेपालको मुनाल भूउपग्रह प्रक्षेपणमा भारतको अनुदान


August 10, 2024
747
Shares

काठमाडौं, २६ साउन । नेपालको मुनाल भूउपग्रह प्रक्षेपणमा भारतको अनुदान सहयोग रहने भएको छ । अनुदान सहयोगबारे शनिबार सम्झौतामा हस्ताक्षर भएको छ ।

भारतको विदेश मन्त्रालय र न्यु स्पेस इन्डिया लिमिटेडले मुनाल भूउपग्रह प्रक्षेपणको अनुदान सहयोगको सम्झौतामा हस्ताक्षर गरेका हुन् । हस्ताक्षरमा विदेश मन्त्रालयका अनुराग श्रीवास्तव र न्यु स्पेका निर्देशक अरुणाचलम ए ले हस्ताक्षर गरेका थिए । नेपाली दूतावास नयाँ दिल्लीका कार्यवाहक डा. सुरेन्द्र थापा, नास्टका सचिव डा. रवीन्द्रप्रसाद ढकाल र अन्तरिक्ष प्रतिष्ठान नेपालका संस्थापक डा आभास मास्के समेत उपस्थित थिए ।

पृथ्वीको सतहबाट ४ सय किलोमिटर दूरीमा मुनाल भूउपग्रह रहने बताइएको छ । यसले पृथ्वीलाई दैनिक १६ चक्कर लगाउनुका साथै तस्बिर पनि पठानेछ ।

काठमाडौं विश्वविद्यालयभित्रको विद्यालयका विद्यार्थीले मुनालको निर्माण गरेका हुन् । अब भारतको अनुदान सहयोगमा न्यु स्पेस इन्डियाले यसलाई प्रक्षेपण गर्नेछ ।

प्रतिक्रिया