३१ भाद्र २०८१, सोमबार | September 17, 2024

किन आउँदैछन् भारतका विदेश सचिव विक्रम मिस्री


747
Shares

काठमाडौं, २५ साउन । भारतका विदेश सचिव विक्रम मिस्री नेपालको दुई दिने भ्रमणमा आउँदैछन् । मिस्त्री २७ साउनमा आएर २८ साउनमा फर्कने भारतको विदेश मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको छ । मिस्रीले नेपालमा रहँदा महत्वपूर्ण भेटवार्ता गर्ने तय छ ।

परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा आउन लागेका मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणालगायतसँग भेट्ने कार्यक्रम रहेको बुझिएको छ ।
नेपालमा सरकार परिवर्तन भई केपी ओली प्रधानमन्त्री भएपछि पहिलोपटक भारतबाट उच्च अधिकारीको भ्रमण हुनलागेको हो । यसकारण पनि यो भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।

भारतको विदेश मन्त्रालयले विदेश सचिव मिस्रीको आगामी भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै छिमेकी पहिलो नीति अन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्ने उल्लेख गरेको छ ।

विज्ञप्तिमा भारत र नेपालबीच सदियौं पुरानो सभ्यतागत, साँस्कृतिक र जनता–जनताबीचको सम्बन्ध रहेको र भारत सरकारको सहयोगमा नेपालमा ठूला पूर्वाधार तथा कनेक्टिभिटी परियोजनाहरु सम्पन्न भई र नयाँ परियोजनाहरु अघि बढाई उच्चस्तरीय आदानप्रदानलाई गति दिदै पछिल्लो वर्षहरुमा दुई देशबीचको द्विपक्षीय सहकार्य अझ मजबुत भएको उल्लेख छ । द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन विदेश सचिवको भ्रमण अवसर हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया