दुर्घटनाग्रस्त हेलिकप्टरमा यात्रु को को थिए ? (नामावलीसहित)

काठमाडौं,२३ साउन । नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । काठमाडौंबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो।
हेलिकप्टरमा पाँच जना सवार रहेको खुलेको छ । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए ।
हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए । चिनियाँ पर्यटकमा जुदाड टाङ, जी लि, यियाद वु र जेमिङ सी रहेका छन् । हालसम्म चार जनाको शव फेला परेको छ ।