३ आश्विन २०८१, बिहिबार | September 19, 2024

पेरिस ओलम्पिकका रोचक घटना


913
Shares

एजेन्सी, २१ साउन । पेरिस ओलम्पिकमा रोचक घटनाहरु भएका छन् जसले कतिलाई खुशी बनायो त कतिलाई रुवायो ।

२ लाख जनसंख्या भएको सानो टापु देश सेन्ट पाउलकी जुलियन अल्फ्रेडले १०० मिटर दौडमा स्वर्ण पदक जितिन् । उक्त पदक नै उक्त देशको पहिलो पदक हो ।

स्पेनकी ब्याडमिन्टर स्टार केरोलिना मारिन फाइनलमा प्रवेश गर्ने निश्चित अवस्थामा थिइन् । पहिलो सेट जितेर दोस्रो सेटमा फराकिलो अग्रता लिइरहँदा घाइते भइन् । उनले खेल्ने प्रयास गरिन् तर सकिन् । क्यारेलिना निकै रोइन् । उनीसँगै समर्थक पनि रोए ।

५२ वर्षमा सुटिङतर्फ रजत जित्ने टर्कीका युसुफ डिकेक चर्चामा छन् अहिले । उनले पाको उमेरमा पनि शानदार प्रदर्शन गरे ।

चीनकी जेङ कुनवेन ओलम्पिकको टेनिस एकलतर्फ स्वर्ण जित्ने पहिलो एशियाली खेलाडी बनेकी छिन् । उनले चीनलाई स्वर्ण दिलाएर चर्चा बटुलेकी छिन् ।

फेन्सिङतर्फ इजिप्टकी नाडा हाफेजले सात महिनाको गर्भवती अवस्थामा पनि खेलिन् । उनले महिला साबर स्पर्धामा खेलेर चर्चा बटुलिन् ।

प्रतिक्रिया