३ आश्विन २०८१, बिहिबार | September 19, 2024

पेरिस ओलम्पिकमा चीनको अग्रता, भारतलाई ३ काँस्य


498
Shares

एजेन्सी, १९ साउन । पेरिस ओलम्पिकमा चीनले अग्रता कायमै राखेको छ । १३ स्वर्ण जितेको चीनलाई आयोजक फ्रान्स, अष्ट्रेलिया र अमेरिकाले पछ्याइरहेका छन् । फ्रान्स र अष्ट्रेलियाको समान ११ स्वर्ण र अमेरिको ९ स्वर्ण छ ।

चीनले यसपटकको ओलम्पिकमा पौडी र टेनिसमा सफलता हासिल गरेको छ । चीन प्रभावशाली रहेको टेबल टेनिस, डाइभिङ जस्ता खेलमा अपेक्षित सफलता निकालेको छ ।

दक्षिण एशियाली देशमध्ये भारतले मात्र पदक जितेको छ । भारतको ३ काँस्य रहेको छ । सुटिङमा भारतको प्रदर्शन राम्रो रह्यो ।

भारतले एथलेटिक्स, हकी, ब्याडमिन्टन, कुस्ती जस्ता खेलमा पनि पदकको आशा राखेको छ ।

प्रतिक्रिया